४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस

लुम्बिनी प्रदेशमा ४ दलीय गठबन्धनले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन्।

चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।

नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए।

सोही अनुसार ४२ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्।

केसीको पक्षमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: : 2021-08-12 11:26:00

प्रतिकृया दिनुहोस्