 
                                            
                                        
                                     
                                महेश नेपाली
 
                                जुम्लाकाे सदरमुकाम खलंगा बजारमा पसेकाे भालुकाे आक्रमणबाट तीन जना घाइते भएका छन्।
बिहीबार बिहान ४ बजे चन्दननाथ नगरपालिका -५ कार्किबाडामा भालुले आक्रमण गर्दा दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका माेबाइल पसल सञ्चालन गरिरहेका हेमराज राेकाया र उनकी श्रीमती निर्मला राेकाया घाइते भएकाे स्थानीय धनराज सुनारले जानकारी दिएका छन्।
त्यस्तै,अनियन्त्रित भइ सिंहाचाैर पसेकाे भालुकाे आक्रमणबाट हिरा सार्की घाइते भएकाे स्थानीय नरेन्द्र नेपालीले बताए। भालुले आक्रमण गरि घाइते भएका उनीहरुकाे हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ।
घाइते निर्मलाको अनुहार काेतरिएकाे छ भने हेमराजको टाउको र ढाडमा चोट लागेको छ भने घाइते तीनै जनाकाे स्थिति सामान्य रहेकाे प्रतिष्ठानले जनाएकाे छ।
 भालु नियन्त्रणमा आएन
भालु नियन्त्रणमा आएन
जुम्लाका डिएसपी दान बहादुर थापाका अनुसार भालु नियन्त्रणमा आउन सकिरहेको छैन।
‘विहानैदेखि भालुकाे खाेजी भइरहेकाे छ तर नियन्त्रणमा लिन सकिएको छैन,’उनले भने,‘नेपाल प्रहरी, नेपाल आर्मि, शसस्त्र सबै सुरक्षा निकाय खाेजी कार्यमा जुटेकाे छ।’
उनले भालु हालसम्म नियन्त्रणमा लिन नसकिएको हुनाले सबै नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। ‘कुनै बेला घटना घट्न सक्ने भएकाले सुरक्षित तथा सचेत रहन रेडियाेबाट सूचना समेत जारी गरिएकाे छ,’ उनले भने।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया