आयोमेल
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले उम्मेदवारी दिँदा दुई समूह प्रष्ट देखियो। त्यसै बखत तेस्रो धारको नेतृत्व गर्दै कृष्णप्रसाद सिटौलाले पनि आफ्नो उम्मेदवारी घोषणा गरे।
१३ औँ महाधिवेशनबाटै कांग्रेसमा तीन समूह स्थापित भयो।
कांग्रेस अहिले १४ औँ महाधिवेशनको संघारमा छ। र, फेरि एकपटक कांग्रेसभित्र गुट मौलाउन थालेको छ।
पछिल्लो महाधिवेशनमा प्रष्ट तीन गुट देखिएको कांग्रेसभित्र अहिले थप चिरा परेको छ। संस्थापनबाहेक वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले अलग–अलग गुट हाँकिरहेका छन्।
संस्थापन समूहबाटै उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिका लागि उम्मेदवारी घोषणा गरेपछि थप दुई गुटको उदय हुने बलियो सम्भावना देखिएको छ।
गएको चुनावमा कांग्रेसको लज्जास्पद हारपछि तीव्र आलोचित भए पनि सभापति देउवा फेरि पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरिसकेका छन्। वरिष्ठ नेता पौडेल, उपसभापति निधि, महामन्त्री कोइराला, पूर्वमहामन्त्रीद्वय सिटौला र प्रकाशमान सिंहका साथै नेता शेखर कोइरालाले पनि सभापतिका लागि तयारी थालिसकेका छन्।
पार्टीभित्र गुटबन्दी मौलाएर गएको निष्कर्ष पार्टीकै नेताहरूको छ। र, पछिल्लो समय गुटको राजनीतिमा सबैभन्दा बढी सक्रिय देखिएका छन्, वरिष्ठ नेता पौडेल। एक पटक सभापति बन्ने चाहना व्यक्त गरेका पौडेल दिनहुँजसो गुटको भेला गरिरहेका छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया