अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

Photo - hrw.org

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला तीन दिनमा सत्ताइस जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ।

दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसारधाणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएकाे बीबीसीले जनाएकाे छ।

विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ।

गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ।

त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्।

प्रकाशित मिति: : 2021-08-10 07:25:00

प्रतिकृया दिनुहोस्