आक्रमणक बन्दै उपकुलपति सिंह: अपराधिक गतिविधि गर्ने विरुद्ध साइबर क्राइमको मुद्दा 

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह आफू विरुद्ध गतिविधि गर्नेप्रति आक्रमक बन्दै गएका छन्। 

उनले आइतबार गरेकाे पत्रकार सम्मेलनमार्फत विरुद्ध अपवाह फैलाउने अपराधिक गिरोहलाई नछाड्ने बताएका हुन। पत्रकार सम्मेलन मार्फत उनले आफू विरुद्ध अपराधिक गतिविधि गर्ने गिरोहलाई साइवर अपराधको मुद्धा दर्ता गरिएको बताए।

'मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्ने विरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरिएकाे छ,' उनले भने, 'विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी 'उपकुलपतिको मृत्यु सम्बन्धमा' भनेर निकालिए विज्ञप्ती विरुद्ध साइवर अपराधको मुद्धा दर्ता गरिएको छ।'

आफ्नो व्यक्तिगत र संस्थागत जीवनप्रति लक्षित गर्दै श्रृंखलावद्ध रुपमा आक्रमण हुँदा प्रहरी र जिल्ला प्रशासन कार्यालयले आफूलाई सुरक्षा दिन नसकेको सिंहकाे गुनासाे छ। 

'मेरो निजी आवासमा आक्रमण हुँदा समेत सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएन,' उनले भने, 'साउन १३ गते उपकुलपतिको निजी निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड एवं साउन २३ गते सामाजिक सञ्जालमार्फत मेरो मृत्यु भएको सम्म विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरी सुनियोजित तरिकाले गरिएको अत्यन्तै निन्दनीय, अपराधिक र अक्षम्य कार्यको विश्वविद्यालय परिवार घोर निन्दा र भर्त्सना गर्दछ।'

विश्वविद्यालयलाई राम्रो बनाउन खोज्दा आफूमाथि श्रृखलावद्ध आक्रमण भएको प्रा.डा. सिंहकाे भनाइ छ। 

'म उपकुलपति भएर आएको १ वर्ष चार महिना भयो। ममाथि निरन्तर आक्रमण भइरहेको छ,'  उनले थपे, 'विश्वविद्यालय सुधार गर्दा टाउको दुखाउनेहरु नै अपराधी हुन्।'

उनले साउन २३ गते सामाजिक सञ्जालमार्फत आफ्नाे मृत्यु भएको सम्म विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरी सुनियोजित तरिकाले गरिएको अत्यन्तै निन्दनीय अपराधिक र अक्षम्य कार्य भएकाे बताए। 

'यस्ता खालका अपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानीनी दायरामा ल्याई कडा सजाय दिन सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं,' उनले भने, 'यस्ता प्रकृतिका घटनाहरूबाट विश्वविद्यालयका सम्पूर्ण निकाय एवं सरोकारवाला पक्षहरू समेत सचेत हुँदै विश्वविद्यालयका गतिविधिहरू नियमित रूपमा बढाउन अनुरोध गर्दछौं।'

उनले परीक्षा व्यवस्थापन कार्यालय र उपकुलपतिको कार्यालयबाट साइबर अपराधअन्तर्गत मुद्दा दर्ता गर्नेसमेत जानकारी गराए।

प्रकाशित मिति: : 2021-08-09 05:39:00

प्रतिकृया दिनुहोस्