कोरोनाविरुद्ध अभियानमा सघाउँदै रेडक्रस र कोकाकोला फाउण्डेशन 

नेपाल रेडक्रस सोसाइटी ले कोका–कोला फाउण्डेशनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने ‘फ्रन्टलाइन’ स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउन साझेदारी गरेको छ।

यो साझेदारीको उद्देश्य रेडक्रसका स्वयम्सेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खोप लगाउन यातायात सुविधा प्रदान गर्नु हो।

फाउण्डेसनका अनुसार साउन २१ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा हस्तान्तरण समारोह आयोजना गरियो जहाँ रेडक्रसका स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिता राजकर्णिकार र कोकाकोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे।

साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरिएको छ जसमा १२ हजार पाँच सय थान सर्जिकल मास्क, पाँच हजार जोर पञ्जा र नौ सय ६० बोतल सेनिटाइजर थिए।

यसबाहेक नेपालभरिका १० जिल्लाहरुमा पनि सहयोग गरिएको छ जहाँ ३१ हजारभन्दा व्यक्ति सरकारद्वारा सञ्चालित खोप केन्द्रहरुबाट पुगिसकेका छन्। यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, कास्की, तनहुँ, गोरखा, लमजुङ र नवलपरासी (पूर्व) जिल्लाहरुमा गरिएको छ।

प्रकाशित मिति: : 2021-08-08 16:03:00

प्रतिकृया दिनुहोस्