कास्कीमा गाँजा खेती फँडानी (तस्बिरसहित)

कास्कीमा अवैध रुपमा गरिएको गाँजा खेती फँडानी गरिएको छ। धेरै मात्रामा अबैध गाँजाका बोटहरु लगाइएको भन्ने सूचनाको आधारमा गाँजा खेती फँडानी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा गाँजाको खेती, बक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएर गाँजा खेती फँडानी गरिएको हो।

कास्की जिल्ला अन्तरगत विभिन्न व्यक्तिगत जग्गा एवंम सार्वजनिक स्थानहरुमा अबैध रुपमा रोपेका तथा उम्रेका १४ हजार ५७६ वटा गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालयबाट ५६० वटा, वडा प्रहरी कार्यालय बैदामबाट २१८० वटा, इलाका प्रहरी कार्यालय शिसुवाबाट ३ हजार ४७५ वटा, वडा प्रहरी कार्यालय बगरबाट ६ हजार ३९० वटा, वडा प्रहरी कार्यालय रामबजारबाट १ हजार ९७१ वटा गाँजाका बोटहरु फँडानी गरिएको डिएसपी सुवास हमालले जानकारी दिए।

स्थानीय जनप्रतिनिधि, आमा समूह, क्लबका सदस्यहरुको रोहवरमा फँडानी गरी नष्ट गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-05 15:39:00

प्रतिकृया दिनुहोस्