भारतमा थप ४२ हजार ६२५ कोरोना सङ्क्रमित

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित भएका छन्।

कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, १० हजार ३५३ रहेका छन्। यो संख्या कूल सङ्क्रमितको १.२९ प्रतिशत हो।

गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमणका कारण भएको कूल मृतकको सङ्ख्या चार लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ६६८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड नौ लाख २२ हजार ३५४ रहेको छ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३७ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन्।

हालसम्म यहाँ ४७ करोड ३१ लाख ४२ हजार ३०७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। हिजो एकै दिनमा १८ लाख ४७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको थियो।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि अहिलेसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। 

 

प्रकाशित मिति: : 2021-08-04 15:03:00

प्रतिकृया दिनुहोस्