उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

आयोमेल

काठमाडौँ

ज्ञानमित्र

नयाँ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफू र आफ्नो मन्त्रालयले आउने १०० दिनको कार्ययोजना बयान गर्दै आफ्नो पनि बखान गर्नुभएको छ- ‘म सुरक्षाकर्मीबाहेक राज्यमन्त्री पदका लागि पाउने राज्यप्रदत्त अन्य कुनै सुविधा लिन्न’, भनेर।

उमेशजी! नयाँ जोगीले आफूलाई विशिष्ट र अरुभन्दा पृथक देखाउन अलिक बढी नै खरानी घस्ने गर्छ। तपाईंले पनि यस्तै परम्पराको निर्वाह गर्नुभयो। मलाई कुनै आश्चर्य वा सुखद अनुभूति भएन। म लगायत अनेकौं देशवासीलाई तपाईंको यस गर्वोक्तिभन्दा कर्णप्रिय के हुने थियो भने तपाईंले पत्रकार सम्मेलनमा दाबी गरेको मोडेर्नाको ४० लाख, फाइजरको ४० लाख, जोनसन एण्ड जोनसनको ५० लाख तथा एस्ट्राजेनेकाको २० लाख भ्याक्सिन के कति दाममा किन्न लागेको हो त्यो सार्वजनिक गरेको भए।

तपाईंभन्दा पूर्ववर्ती सरकार र त्यसका मन्त्रीले पनि ऐस्ट्रेजेनेका र चिनियाँ भेरोसेल भ्याक्सिन (अनुदान बाहेक) किनेका थिए, जसको ‘होम डेलिभरि’ भइसकेको छ। तपाईंले केही दिनभित्रै १६ लाख भेरोसेल र १६ लाख एस्ट्राजेनेका खोप आइपुग्ने जानकारी दिनुभयो। यी दुवै खोप पूर्ववर्ती सरकारले कतिमा किनेका थिए र तपाईंको सरकार कतिमा किन्न गइरहेको छ त्यसको जानकारी पाए पो जनताले परिवर्तनको कुनै अनुभूति गर्ने अवसर पाउने थियो।

 

प्रकाशित मिति: : 2021-08-03 21:34:00

प्रतिकृया दिनुहोस्