म्यान्मारः सेना प्रमुखले आफैलाई घाेषणा गरे प्रधानमन्त्री

Photo : Reuters
Photo : Reuters

म्यान्मारका सेना प्रमुख मिन आङ हलिङ स्वघाेषित देशकाे प्रधानमन्त्री बनेका छन्।

सैन्य ‘कू’ मार्फत सत्ता हत्याएका मिनले आइतबार आफूलाई प्रधानमन्त्री घाेषणा गरेका हुन्।

उनले देशका विभिन्न प्रशासनिका कामहरुलाई अघि बढाउन कामचलाउ सरकार गठन गरिएको भन्दै सन् २०२३ को अगस्टसम्ममा संकटकाल हटाई संसदीय निर्वाचन गराउने घोषणासमेत गरेका छन्।

एक टेलिभिजनमार्फत् उनले भने, '२०२३ काे अगस्टसम्ममा निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछौँ।'

सेनाले गत फेब्रुअरी १ मा राष्ट्रपति विन मिन्ट, एनएलडीकी नेतृ आङ सान सुकीलगायतका नेतालाई गिरफ्तार गर्दै सत्ता आफ्नाे हातमा लिएकाे थियाे।



म्यान्मार: दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैन्य समूहका प्रमुख नेता मिनकाे घोषणा

एसिशयाली यस मुलुकमा विश्वव्यापी महामरीका रूपमा फैलिएको कोरोनाभाइरसको लहरले पनि ठूलो क्षति पुर्‍याएको छ।

प्रजातन्त्रको पक्षधर चिकित्सक तथा कर्मचारीहरूले निर्वाचित सरकारलाई काम गर्न दिन आग्रह गर्दै पूर्व सत्ताधारी दल एनएलडी र सैनिक सरकार विरोधी आन्दोलनमा सरिक हुँदा धेरै अस्पताल र सरकारी कार्यालयहरूमा नियमित सेवाहरू चल्न सकेका छैनन्।

विश्व बैंकले म्यान्मारमा अहिलेको अवस्था कायमै रहेमा यहाँको अर्थव्यवस्था १८ प्रतिशतसम्म संकुचन हुने पूर्वानुमान गरेको छ।

सैनिक प्रशासनले नै नियुक्त गरेको निर्वाचन आयोगलेले गत हप्ता एक करोड १० लाखभन्दा बढी अनियमितताका उदाहरणहरू भेटिएको दावी गरेको छ।

प्रकाशित मिति: : 2021-08-02 11:46:00

प्रतिकृया दिनुहोस्