आफ्नै आमाको हत्या गरेर शव फाेहाेरकाे थुप्रोमा फाल्ने छोरा पक्राउ

अमेरिकाको मेरिल्याण्ड राज्यमा आफ्नी आमाको हत्या गरेर शव घर बाहिर थुप्रोमा फ्याँक्ने छोरा पक्राउ परेका छन्।

आफ्नै आमाकाे हत्या गरेर आमाकै सवारी साधन लिएर भागेका २३ वर्षीय छाेरा एन्ड्रयु वाईलिन बिभर्स पक्राउ परेका हुन्।

मेरिल्याण्ड राज्यको एन अरुनडेल काउन्टी प्रहरीले गत जुलाई २५ का दिन ५८ वर्षीय जुअनिटा नाओमी कोइलपिल्लाई नामक महिला हराएको सूचना पाएकाे थियाे।

प्रहरीहरुले ट्रासी ल्यानडिंग स्थानको जेनोआ सडक स्थित ६३०० भवन समूहमा घरभित्र रगत फेला पारेपछि अनुसन्धान सुरु गरेका थिए।

कोइलपिल्लाईको शव घरबाहिर पाइएको थियो। उनको शव परीक्षण गर्दा धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएकाे छ।

पक्राउ परेका बिभर्सको दाहिने हातमा नयाँ ताजा घाउ भएको पाइएको थियो। प्रहरीले जुलाई ३१ का दिन उनलाई भर्जिनियाको लिजबर्गबाट गिरफ्तार गरेकाे हाे।

प्रकाशित मिति: : 2021-08-02 06:21:00

प्रतिकृया दिनुहोस्