खोप लगाउन गएका ६ जना कर्णालीमा बेपत्ता

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन आमा र तीन बच्चा गरि छ जना बेपत्ता भएका छन्।

आफ्ना बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउनेक्रममा आइतबार विहान साढे ११ बजेतिर डुंगा दुर्घटना भएर छ जना कर्णालीमा खसेको चौकेने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए। 

उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2021-08-01 18:36:00

प्रतिकृया दिनुहोस्