शनिबार, १२ जुलाई २०२५

शान्तिको गुँड सानो बना...

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2021-07-31 11:01:00
News Image
• • •

परापूर्व कालको हुलाकी–चरो अनि शान्तिको दूत परेवा राजधानीमा कुन हालतमा छ ? के छ उसको जीवनचर्या ? कसरी जिउँछ ऊ ? कतै पलायन भइरहेको छैन ? उडेको यो पक्षी फर्केर आउने ठेगान त छ ?

समाचार मान्छेको मात्र हुँदैन। आउनुहोस्, आज राजधानीका परेवामाथि चियोचर्चो गरौं। तिनको जिन्दगीलाई पत्रिकाका पानामा उतारौं। 

काठमाडौं उपत्यकाका सम्पदाको गहना बनेका परेवाको इतिहास अलि रोचक छ। चराविद् डा. हेमसागर बरालका अनुसार नेपालमा पाइने परेवा नेपालकै हुन्। बाहिरबाट ल्याइएको होइन।

घरपालुवा चराका रूपमा परिचित परेवा पहिले पहिले घरमा, चट्टान र प्वाल परेको ठाउँमा आश्रय लिन्थे। अहिले घरका खड्पलमा पनि बस्छन् तर, आफूखुसी मात्रै। उनीहरूलाई बसेको स्थान मन नपरे बसाइँ सर्छन्। त्यसैले परेवा स्वतन्त्र छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?