छोटा राजनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना

अन्डरवर्ल्ड डन छोटा राजनको स्वास्थ्य अवस्था बिगिएपछि तिहाड जेलबाट अस्पताल पु-याइएको छ।

पेटमा गम्भीर समस्या देखिएपछि उनलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो।

उनको पछिल्लो समय सामान्य स्वास्थ्य उपचार जेलभित्रै चलिरहेको थियो। तर बुधबार एक्कासी पेटमा थप समस्या भएपछि अस्पताल पु-याइएको नयाँदिल्ली प्रहरीले जनाएको छ।

केही समयअघि कोरोना सङ्क्रमित भइ सन्चो भएका राजनको अस्पतालमा पुगेपछि स्वास्थ्यमा सुधार आएको जेलका एक अधिकारीले बताएका छन्।

सन् २०१५ मा इन्डोनेसियाको बालीबाट पक्राउ गरेपछि नयाँदिल्लीस्थित तिहाड जेलमा राखिएको छ। मुम्बईमा दर्ता भएका उनीविरूद्धका सबै मुद्दाहरू सीबीआईमा सारिएको छ।

प्रकाशित मिति: : 2021-07-29 14:33:00

प्रतिकृया दिनुहोस्