जापानकाे टाेकियाेमा जारी ३२औं गृष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरीका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।
उनले आज (बुधबार) भएको महिला एक सय मिटर फ्रि-स्टाइलकाे पहिलो हिटमा तेस्रो बन्दै निर्धारित दूरी १: ००: ११ मा पूरा गरेकी छन्। उनले यसअघि सन् २०१९ मा बनाएको आफ्नै कीर्तिमान भङ्ग गरेकी हुन्।
गौरीकाले नाइजेरिया, मन्टेनेग्रो र गुआमका खेलाडिहरूसँग प्रतिस्पर्धा गरेकी थिइन्।
ओलम्पिकमा पौडीबाट नेपाली दुई खेलाडी सहभागी छन्। एलेक्जेन्डर शाहले मंगलबार नै प्रतिस्पर्धा गरेका थिए। उनी नेपाली राष्ट्रिय किर्तिमान बनाउँदै खेलबाट बाहिरी सकेका छन्।