राजेन्द्रको घैंटोमा डुबेका ‘ठाकुरजी’

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

नेपाली राजनीतिमा वैकल्पिक शक्ति बन्ने उद्घोष गरेको जनता समाजवादी पार्टी (जसपा) ठीक एक वर्ष पूरा गर्दागर्दै फुटको अवस्थामा पुगेको छ।

निर्वाचन आयोगले सोमबार जसपा अध्यक्ष उपेन्द्र यादव पक्षलाई मान्यता दिएपछि जसपा विभाजनको अवस्थामा पुगेको हो।

आधिकारिकता पाउन नसकेका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग अब दुई विकल्पमात्र बाँकी छन्–कि त उपेन्द्रसामु आत्मसमर्पण गर्ने अथवा नयाँ दल दर्ता।

पुस महिनादेखि सुरू भएको किचलो र विवादपछि आधिकारिकता पाउन विफल भएका महन्थले जसपामै बस्न उपेन्द्रसामु आत्मसमर्पण गर्ने सम्भावना लगभग छैन। किनभने पछिल्लो ६-७ महिनादेखि निरन्तर जारी किचलो र व्यापक आरोप प्रत्यारोपपछि जसपाका दुवै पक्ष सँगै बस्ने अवस्था अन्त्य प्रायः भइसकेको छ।

यद्यपि आयोगले कानुनअनुसार प्रमाण पुगेको पक्षलाई आधिकारिकता दिए पनि विपक्षमा मतदान गर्नेहरूले बहुमतले गरेको निर्णय मानेर जान तयार भएसँगै बस्न सक्ने भनेको छ।

 

प्रकाशित मिति: : 2021-07-27 19:38:00

प्रतिकृया दिनुहोस्