दाउद इब्राहिमकी प्रेमिकाको पाकिस्तानी प्रधानमन्त्री बन्ने इच्छा

अन्डरवल्र्ड डन दाउद इब्राहिमकी प्रेमिका तथा अभिनेतृ महविश हयातले पाकिस्तानको प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेकी छिन्। उनी पाकिस्तानका प्रधानमन्त्री इमरान खान र उनको पार्टी पीटीआईबाट सबैभन्दा बढी प्रभावित छिन्।

प्रधानमन्त्री खान सत्तामा आएदेखि देशमा थ्रुपै राम्रा काम भइरहेको अभिनेतृ हयातको दावी छ। डन दाउदकी प्रेमिकाले भनिन्, ‘क्रिकेटर प्रधानमन्त्री बन्न सक्छ भने अभिनेतृ पनि पक्कै बन्न सक्छ।’ उनले आगामी निर्वाचनमा आफू पनि प्रधानमन्त्री पदको उम्मेदवार हुने सङ्केत गरिन्।

अन्डरवल्र्ड डन दाउद अभिनेतृ हयातको प्रेम सम्बन्धमा रहेको दाबी भारतीय सञ्चारमाध्यमले गर्दैआएका छन्। हयात डन दाउदभन्दा २७ वर्ष कान्छी हुन्।

अघिल्लो वर्ष अभिनेतृ हयातको नागरिक सम्मान ‘तमगा–ए–इम्तियाज’ दिएपछि जताततै चर्चा सुरु भएको थियो। सञ्चार स्रोतका अनुसार हयातलाई आइटम डान्समा देखेपछि डन दाउद फिदा भई ठूल्ठूलो लगानीका फिल्म खेल्न मिलाइदिएका थिए। उनले लोड वेडिंग, पञ्जाब नहीं जाऊी र एक्टर–इन–ल जस्ता थ्रुपै फिल्ममा अभिनय गरिसकेकी छिन्।

अभिनेतृ हयातलाई कराँचीको एक प्रभावशाली व्यक्तिले सहयोग गरिरहेको छ, जसको राजनीतिक पार्टीहरूसँग राम्रो सम्बन्ध छ। मिडिया स्रोतका अनुसार ती व्यक्ति डन दाउद नै हुन्। उनको फिल्म उद्योगमा पुरानै पकड छ जो मुम्बईदेखि नै जोडिएको हो।

कराँचीमा लुकिछिपी बसिरहेका दाउद फिल्म निर्माता–निर्देशकहरूसँग निकट छन्। सन् १९९३ मा भएको मुम्बई हमलाका मुख्य योजनाकार रहेको भन्दै भारतले उनलाई सन् २००३ मा ग्लोबल टेरेरिस्ट घोषणा गरेको थियो । हाल उनी पाकिस्तामा रहेको भारतीय पक्षको विश्वास छ।

प्रकाशित मिति: : 2021-07-27 14:29:00

प्रतिकृया दिनुहोस्