एमसीसीविरुद्ध सडकमा उत्रिए 'राष्ट्रवादी', संसदबाट पारित नगर्न खबरदारी (तस्वीरहरू)

शनि शाक्य

काठमाडौँ
Breaknlinks
Breaknlinks

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई खबरदारी गर्दै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)विरुद्ध प्रदर्शन गरिएको छ।

'नेपालका लागि नेपाली पार्टी'ले आयोजना गरेको विरोध प्रदर्शनमा युवा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूको समेत उपस्थिति रहेको थियो।

प्रदर्शनकारीहरुले 'युवा विदेशमा खन्दैछन्, नेता डलर गन्दैछन्', 'एमसीसीवादी जुट्दैछन्, नागरिक अब उठ्दैछन्', अन्धकार भविष्य चाहिदैन, एमसीसी ल्याउन पाइदैन' जस्ता नाराहरु लेखिएका 'प्ले-कार्ड' र ब्यानरसहित र्‍याली निकालेर विरोध जनाएका थिए।

एमसीसीमार्फत स्वाधिन देशलाई पराधिन गर्न लागेको उनीहरुको आरोप थियो। प्रदर्शनकारीहरुले यसलाई सरकारले बेवास्ता गरे झन् कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: : 2021-07-27 13:59:00

प्रतिकृया दिनुहोस्