केही साताअघि अश्लिल भिडियो बनाएर व्यवसाय गरेको आरोपमा प्रक्राउ परेका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको बारेमा पछिल्लो समय नयाँ-नयाँ रहस्यहरू खुलासा हुँदै आएको छ।
उनलाई प्रहरीले पक्राउ गरेलगतै झन्-झन् शंकास्पद जानकारीहरु बाहिरिदै आएका हुन्।
प्रहरीले राज कुन्द्रा ११ जनाको मिलोमतोमा हुँदै आएको अश्लिल भिडियो व्यवसायको मुख्य योजनाकार भएको प्रमाणसहित दाबी गरिसकेको छ।
प्रहरीको अनुसन्धान अनुसार उनले युवतीहरूलाई विभिन्न चलचित्र तथा वेभ सिरिजको प्रोजेक्टमा काम दिलाउने प्रलोभन देखाएर पोनोग्राफी बनाउँदै आएका थिए।
प्रहरीकै अनुसन्धान अनुसार उनले विभिन्न 'एप्स'हरुसमेत प्रयोग गर्दै आएका थिए, जसका कारण उनले ती एप्सहरुकै प्रयोगबाट पोनोग्राफीको व्यवसाय गर्दै आएकाे खुलेकाे छ।
पोनोग्राफीबाट उनले दैनिक १० लाख भारु आम्दानी गर्दै आएको प्रहरीको अनुसन्धाबाट खुलासा भएको छ।