अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच फोनवार्ता

Photo : aa.com.tr
Photo : aa.com.tr

अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ।

उनीहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो।

महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ।

ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन्।

त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ।

हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिएका छन् भने नयाँ प्रधनानमन्त्री नियुक्त पनि गरेका छैनन्।

यहाँ केही दिनयता देखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन्। यसै विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति: : 2021-07-27 12:56:00

प्रतिकृया दिनुहोस्