टोकियो ओलम्पिक : आयोजक जापान शीर्ष स्थानमा

Photo : Reuters
Photo : Reuters

३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा जापान अग्रस्थानमा पुगेकाे छ। जापानकाे राजधानी टोकियोमा जारी ओलम्पिकमा सोमबारसम्म कुल ५० स्वर्ण पदकको छिनोफानो लाग्दा आयोजक जापानले ८ स्वर्णसहित अग्रस्थानमा पुगकाे हाे।

टोकियो ओलम्पिकको चौंथो दिन सम्ममा २३ राष्ट्रले स्वर्ण जितेका छन्। तेस्राे दिन सम्म अग्रस्थानमा रहेकाे  चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा उक्लिएकाे हाे।

जापानले ८ स्वर्णसहित कुल १३ पदक जितेको छ। आइतबारसम्म शीर्ष स्थानमा रहेको   चीनले ६ स्वर्णसहित कुल १८ पदक जितेको छ।

यस्तै, दोस्रो स्थानमा उक्लिएको अमेरिकाले ७ स्वर्णसहित कुल १४ पदक जितेको छ। रसियन ओलम्पिक कमिटि ४ स्वर्णसहित कुल १२ पदक जितेर चौंथो स्थानमा  रहेकाे छ।

नेपालबाट यस ओलम्पिकमा  चार खेलाडीले सहभागिता जनाएका छन्। जसमा दुई खेलाडी बाहिरिसकेका छन्। अब पौडीकी गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।

एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछन्।

प्रकाशित मिति: : 2021-07-27 06:26:00

प्रतिकृया दिनुहोस्