लमजुङ निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

Symbolic photo
Symbolic photo

आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ। 

नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो। यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ। 

जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङले जनाएको छ। 

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध्ये १० हजार ३९४ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ। 

पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ लमजुङका सम्पर्क व्यक्ति विनय दवाडीका अनुसार कूल लाभग्राहीमध्ये १४ हजार ३२ जनाले पहिलो किस्ता र ११ हजार ८९८ जनाले दोस्रो किस्ता लिएका छन्। 

'दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनःनिर्माणको काम सम्पन्न गरिसकेका छन्' उनले भने, 'पुनःनिर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिएको छ। 

उनका अनुसार बेँसीशहर नगरपालिकाका एक हजार ३८६ लाभग्राहीमध्ये एक हजार ३३० ले पहिलो किस्ता, १२१ ले दोस्रो किस्ता र ९४१ जनाले अन्तिम तथा तेस्रो किस्ता लिएका छन्। 

प्रकाशित मिति: : 2021-07-26 21:06:00

प्रतिकृया दिनुहोस्