यसकारण सलमानले मागे सुनील शेट्टीकी छोरी अथियासँग माफी

बलिउड सुपरस्टार सलमान खानले सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका छन्।

अरबाज खानको च्याट शो ‘पिंच सीजन २’  मा सलमानले सामाजिक सञ्जालमा अथियालाई ‘फलो’ नगरेको भन्दै माफी मागेका हुन्।

माफी मागेका सलमानले अथियालाई अब ‘फलो’ गर्ने समेत बताएका छन्। माफी माग्नुपर्ने कारण धेरै ठुलो नभएता पनि आलोचना हुने डरले दुई हात जोडेर माफी मागेको भारतिय मिडियाले बताएको छ। 

सलमानले माफी मागपछि सुनिल शेट्टी उक्त भिडियोमा प्रतिक्रिया दिंदै लेखेका छन्,‘सलमान मेरो परिवार जस्तै हुन्। उनी जे गर्छन्, मनबाट नै गर्छन्। उनले स्क्रीनमा अथियासँग माफी माग्नु सबैभन्दा प्यारो कुरा हो। अथिया र सलमानको बीच पनि निकै गहिरो सम्बन्ध छ। सलमान र अथिया एक अर्कासँग राम्रो सम्बन्धमा छन्। र, माफी एक व्यक्तिका लागि जरुरी कुरा पनि हो।’

प्रकाशित मिति: : 2021-07-26 19:49:00

प्रतिकृया दिनुहोस्