अन्तर्राष्ट्रिय पर्यटन सन् २०२३ सम्म लयमा फर्किने देखिएन : यूएनको रिपोर्ट

Photo : Reuters
Photo : Reuters

अन्तर्राष्ट्रिय पर्यटन आगमन सन् २०२१ मा पनि ठप्प हुने निश्चित छ। केही पश्चिमी बजारबाहेक २.४ खर्ब अमेरिकी डलरको घाटा हुने संयुक्त राष्ट्रसंघको एक अध्ययनले बताएको छ। पर्यटन क्षेत्र २०२३ सम्म पनि पूर्ण रुपमा पुन: लयमा फर्किनसक्ने आशा गर्न नसक्ने प्रक्षेपण गरेको छ। 

'कोभिड-१९ विरुद्धको खोप र प्रमाणपत्र अन्तर्राष्ट्रिय पर्यटन लयमा फर्किने  महत्वपूर्ण विश्वासको कडी हुनेछन्। विश्वका अधिकांश देशहरु विशेष गरी साना टापुका राज्यहरुलाई रोजगार प्रदान गर्न पर्यटन क्षेत्रमा धेरै निर्भर गर्दछ जो जीवन रेखा हो', उक्त अध्ययन रिपोर्टमा भनिएको छ।

सन् २०२० मा अन्तर्राष्ट्रिय आगमनमा महामारीपूर्व सन् २०१९ को स्तरबाट ८३% ले गिरावट आएको छ। युएनसीटीएडी र संयुक्त राष्ट्र सघंको विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)को प्रतिवेदन अनुसार, २०२१ मा पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरुमा २.४ खर्ब डलरको घाटा व्यहोर्ने अनुमान गरिएको छ।

'यस वर्षको दृष्य त्यति राम्रो देखिएको छैन,' युएनसीटीएडीको व्यापार विश्लेषण शाखाका राल्फ पीटर्सले एक पत्रकार सम्मेलनमा भने, 'पहिलो तीन महिना फेरि खराब भएका छन, धेरै यात्रा भइरहेको थिएन।' 

खोपलाई श्रेय दिँदै उनले बेलायती सञ्चार संस्था रोयटर्सलाई भने, 'कम्तीमा उत्तर अमेरिका र युरोपको लागि केही हदसम्म निश्चित सुधार आशा आएको छ।'

उक्त प्रतिवेदनले २०२१ को लागि तीन परिदृश्यहरू उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय पर्यटन आगमनले ६३% र ७५% बीचको महामारीको स्तरबाट घट्ने प्रक्षेपणमा देखाइएको छ, जसको कारण १.७ खर्ब र २.४ खर्ब अमेरिकी डलरको घाटा हुनेछ।

'अन्तर्राष्ट्रिय पर्यटनमा हामी ३० वर्ष पहिलेको तहमा छौँ, त्यस कारण मौलिक रूपमा हामी ८० को दशकमा छौँ ... धेरैका जनजिविका वास्तवमै खतरामा छन्,' म्याड्रिडस्थित यूएनडब्ल्यूटीओका जेनेभा प्रतिनिधि जोरिटा उरोसेभिकले भने, 'हामीले लामो अवधिमा हेरिरहेका छौं, सन २०२३ पछि २०१९ को पर्यटन आगमनको संख्यामा पुग्ने छौँ।" 

युएनडब्ल्यूटीओको बजार खुफिया प्रमुख सान्ड्रा कारभाओले भनिन्, 'यो क्षेत्र र देशअनुसार धेरै फरक–फरक गरी लयमा फिर्ने छ। युरोपेली संघको 'डिजिटल कोविड-१९ प्रमाणपत्र'  गत महिनादेखि लागू हुने भनिएकोले आजसम्मको क्षेत्रीय समन्वयको प्रतिनिधित्व गर्नेछ।' 

कारभाओले ट्राभल करिडोरको सन्दर्भमा भने, 'हामी हेरिरहेका छौँ एशिया प्यासिफिक अझै पनि विश्वको सबैभन्दा बन्द क्षेत्रमध्ये एक हो- देशका अधिकांश सिमानाहरू पूर्णतया बन्द छन् वा महत्वपूर्ण प्रतिबन्धमा छन्।'

स्राेत:राेयटर्स् 

प्रकाशित मिति: : 2021-07-26 17:17:00

प्रतिकृया दिनुहोस्