पाकिस्तानी अलराउण्डर अफ्रिदीले एभरेष्ट प्रिमियर लिग खेल्ने

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा काठमाडौं किंग्स ११ बाट पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले खेल्ने भएका छन्।

आउने असोजमा हुने ईपीएलमा अफ्रिदी काठमाडौं किंग्स ११ बाट खेल्ने बताइएको छ।

काठमाडौं किंग्सले सोमबार शाहिद अफ्रिदीले खेल्नेबारे सार्वजनिक गरेको हो। विश्वका अधिकांश फ्रेन्चाईज लिग खेलेका अफ्रिदीले पाकिस्तानका लागि ९९ टी २० खेलिसकेका छन्।

उनले ३९८ एक दिवसीय तथा २७ टेस्ट क्रिकेट खेलेका थिए। पूर्व कप्तानसमेत रहेका अफ्रिदीले तीनवटै फरम्याटमा ११ हजार बढी रन बनाएका थिए।

ईपीएल सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ।

ईपीएलका ६ वटा फ्रेन्चाइजी टिमको सहभागिता हुने छ। कोरोना महामारीका कारण गत बर्ष ईपीएल स्थगित भएको थियो।

प्रकाशित मिति: : 2021-07-26 14:15:00

प्रतिकृया दिनुहोस्