बिएल संवाददाता
नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)को सातौँ अधिवेशन तथा १४ औ साधारण सभा सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पानसमा बत्ती बाली सभाको उद्घाटन गरेका थिए।
अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली सहरमा जुलाई २४ र २५ मा भएको कार्यक्रम साँझ ५ बजे सुरु भएर ८ बजे समाप्त भएको हो।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेल नेजाको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा अमेरिका गएका हुन्। नेजाको प्रचलन अनुसार नेपाल पत्रकार महासङ्घका अध्यक्ष नै अधिवेशनका प्रमुख अतिथि हुने गर्छन्।
हिजो अधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भएको थियो भने आइतबारका दिन बन्द सत्र र नयाँ कार्यकारी समितिको लागि निर्वाचन भएको छ।
कार्यकमको अध्यक्षता नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले गरेका हुन् भने कार्यक्रमको लागि पत्रकार महासङ्घ तथा प्रेस काउन्सिलका पूर्व सभापति हरिहर विरही, महावाणिज्यदूत प्रेम राजा महत,पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,वरिष्ठ पत्रकार तारा बराल, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी ,इन्जाका अध्यक्ष गुणराज लुइँटेल ,सङ्घका पूर्व अधिकारीहरू ,वरिष्ठ तथा अग्रज पत्रकारहरू लगायत विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएर सुरु गरिएरको कार्यक्रम महा सचिव किरण मरहट्ठाले सञ्चालन गरेका हुन् भने स्वागत मन्तव्य अधिवेशन संयोजक लीला ओझा ढकालले गरेकी थिइन्।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया