आयोमेल
एक वर्षअघि राजपा र समाजवादी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम बाटो कुरेर बसिरहेको छ। निर्वाचन आयोगले आधिकारिकतासम्बन्धी विवादमा ‘हेड काउन्ट’ का लागि सोमबार ११ बजे निर्वाचन आयोग बोलाएको छ।
‘हेड काउन्ट’ रोक्न अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चमा दायर रिटमाथि अन्तरिम आदेश नआए सोमबार दुवैमध्ये एक पक्षले आधिकारिकता पाउने लगभग निश्चित छ। मधेश आन्दोलनको बलमा स्थापित जसपा विभाजन हुनुका कारणलगायतका विषयमा नेता महेन्द्रराय यादवसँग आयोमेलले गरेको कुराकानी-
‘हेड काउन्ट’ का लागि निर्वाचन आयोग जाने निर्णय भइसकेको हो?
निर्वाचन आयोगले सनाखतका लागि पत्र नै पठाइसकेको छ। उहाँहरू (महन्थ पक्ष) ले मुद्दा हाल्नुभएको छ। अब, सर्वोच्चबाट कस्तो आदेश आउँछ हेर्नैपर्ने हुन्छ। तर, हामी भोलि सनाखतका लागि जान तयार छौं।
सर्वोच्चले के गर्ला जस्तो लागेको छ?
हैन, कानुनलाई यसो हेर्दा अन्तरिम आदेश गर्नुपर्ने देखिँदैन। यो कानुन र न्यायालयको कुरा भयो। अनुमानको भरमा त्यतिकै भन्न मिल्दैन। अन्तरिम आदेश गर्न हुँदैन भनेर हाम्रो मागदाबी छ। अब के हुन्छ अहिले नै कसरी भन्ने?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया