गण्डकी प्रदेश:  शपथ कार्यक्रममा सहभागी भएन जसपा 

जनता समाजवादी पार्टी (जसपा) गण्डकी प्रदेश सरकारकाे शपथ कार्यक्रम बहिष्कार गरेकाे छ। सहमति अनुसार मन्त्रालय नपाएपछि जसपा शपथ कार्यक्रम सहभागी नभएकाे हाे।

यसअघि दुई मन्त्रालय पाउने लिखित सहमतिपछि सरकारमा सहभागी हुन लागेकाे जसपाले एउटा मात्रै मन्त्रालय पाएपछि शपथ कार्यक्रम बहिष्कार गर्दै सहभागी समेत भएन।

अघिल्लो सहमति अनुसार जसपाका दुई सांसद मध्ये दुबै जना मन्त्री हुने चर्चा चले पनि जसपाका हरिशरण आचार्यलाई मात्रै मन्त्री पद थमाइएपछि जसपा रुष्ट बनेको हो।

उर्जा मन्त्री समेत रहेका जसपाका हरिशरण आचार्यले सहमति पालना नभएकाले शपथमा सामेल नभएको बिएल नेपाली सेवासँग बताएका छन्।

उनले सहमति पालना नभए सरकारमा सामेल नहुने बताएका छन्। 

प्रकाशित मिति: : 2021-07-23 14:25:00

प्रतिकृया दिनुहोस्