जम्मु–काश्मीर सरकारद्धारा इस्लामिक लडाकु नेता सलाउद्दिनका छोराहरु बर्खास्त

Photo - PTI
Photo - PTI

भारतको जम्मु काश्मीर प्रशासनले इस्लामिक लडाकु नेता सइद सलाउद्दिनका दुई छोरालाई बर्खास्त गरेको छ।

इस्लामिक लडाकु समुह हिज्बुल मसजाहिदिनका संस्थापक सलाउद्दिनका दुई छोरालाई जम्मु काश्मीर प्रशासनले बर्खास्त गरेको हो।

 लडाकु नेता सलाउद्दिनका दुई छोराहरु सइद अहमद शकिल र शाहिद युसुफ जम्मु काश्मीर प्रशासनको मातहतमा कर्मचारी रहेका थिए। उनीहरुले आतंकवादी गतिविधिमा आर्थिक सहायता गर्दै आएको खुलेपछि बर्खास्तीमा परेका हुन्। 

सलाउद्दिनका दुई छोरा बिरुद्ध प्रमाण सहित पहिले नै मुद्दा दर्ता भएपनि यसअघि जम्मु काश्मीर सरकारका कारण प्रमाणहरु दबाईएको स्रोतले बताएको छ। 

आतंकवादी गतिबिधिमा संलग्न रहेको अभियोगमा जम्मु काश्मीर प्रशासनले सलाउद्दिनका दुई छोरा सहित एघार जना कर्मचारीहरु बर्खास्त गरेको हो।
जम्मु काश्मीर पिपुल्स डेमोक्रेटिक पार्टीकी प्रमुख मेहबुबा मुफ्तीले भने सरकारको कदमको आलोचना गरेकी छिन्। 

अपराध  पुष्टि नभएसम्म पिताको अपराधको जिम्मेवार छोराछोरीलाई बनाउनु गलत रहेको मुफ्तीले टिप्पणी गरेकी छिन्।

काश्मीरलाई पाकिस्तानमा गाध्ने लक्ष्यका साथ जम्मु काश्मीरमा सक्रिय हिज्बुल मुजाहिदिन लडाकु समुहका संस्थापक सलाउद्दिनलाई अमेरिकी विदेश मन्त्रालयले यसअघि नै विश्व आतंकवादीको सुचीमा आबद्ध गरेको छ।

प्रकाशित मिति: : 2021-07-23 09:31:00

प्रतिकृया दिनुहोस्