आफ्नो उमेरलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने हरेक दिन सुत्नुअघि यस्ताे गर्नुहाेस्

DepositPhotos
DepositPhotos

सुन्दर र चम्किलो छाला पाउन कसको चाहना हुँदैन र? सबैको हुन्छ।

विशेष गरेर अनुहारको छाला, जसले गर्दा हामीलाई सुन्दर देखिन्छ। तर हामी धेरै जसोले यसको हेरचाह गर्न त्यति ध्यान दिँदैनौं र अझ सानो-सानो कुरालाई बेवास्ता गर्ने बानी पनि धेरैको हुन्छ। यस्तै बानीले गर्दा छालाको विभिन्न समस्याहरु निम्त्याइ रहेको हुन्छ।

छालामा समस्या आउने व्यक्तिहरु आफ्नो उमेर भन्दा पनि अलि बढी उमेर भएका जस्तो देखिने गर्छन्। यदि तपाईंहरु आफ्नो सौन्दर्यको बारेमा साँच्चिकै सचेत हुनुहुन्छ र यसलाई कायम राख्नका साथै वृद्धावस्थाको प्रभाव रोक्न चाहनुहुन्छ भने आजदेखि नै बेलुका सुत्नुअघि यी काम गर्नुहोस् ः

१) मेकअप रिमूभ गर्नुहोस्

यदि हामी सुत्नु अघि मेकअप रिमूभ नगरी सुत्छौँ भने हाम्रो छालाले स्वतन्त्र रूपमा सास फेर्न सक्दैन जसले गर्दा पिम्पल्सको साथै अन्य विभिन्न समस्याहरू निम्त्याउन सक्छ। छाला मर्मत हुने काम मात्र रातको समयमा हुने भएकोले मेकअप सफा गरेर सुत्न एकदमै आवश्यक छ।

२) टोनरको प्रयोग

टोनरले हाम्रो छालाको प्राकृतिक स्तर कायम राख्ने काम गर्दछ। जसको कारण हाम्रो छाला विभिन्न जीवाणु र अन्य सूक्ष्म जीवहरूबाट मुक्त रहन्छ, साथसाथै अनुहारको फोहोर पनि यसबाट हटाइन्छ। त्यसैले सुरुमा मेकअप हटाउनुहोस्, क्लीजिङ्को प्रयोग गर्नुहोस्, र त्यसपछि टोनर लगाउनुहोस्।

३) छालालाई मोइस्चराइज् गर्नुहोस्

टोनरको प्रयोग गरेपछि, छालालाई नरम बनाउन पनि आवश्यक हुन्छ। धेरै मात्रामा चिल्लो भएको मोइस्चराइजरको प्रयोग नगर्नुहोस्। यदि हामीसंग क्रीम छैन भने, त्यसको सट्टामा हामी नरिवलको तेल प्रयोग गर्न सक्छौँ। मोइस्चराइज गर्दा क्रिमलाई अनुहारको साथै, घाँटी र हातहरूमा पनि लगाउनु पर्छ।

४) खाना खाएपछि ब्रश गर्ने

सुत्नुअघि दाँत सफा गर्नु धेरै राम्रो बानी हो। यसले हाम्रो सासबाट आउने दुर्गन्ध हटाउँछ। दाँतको साथसाथै जिब्रो पनि सफा गर्नुहोस्। खाना खाने र दाँत सफा गर्ने बीच कम्तिमा ३० मिनेटको अन्तर हुनुपर्दछ।

५) कपाललाई बाँधेर सुत्ने

सुत्नुअघि जहिले पनि आफ्नो कपाललाई हल्का पाराले बाँधेर वा बाटेर मात्र सुत्ने गर्नुपर्छ। यसो गर्नाले बिहान उठ्दा कपालमा लट्टा पर्ने र टुक्रिने जस्ता समस्या आउँदैन। यसो गर्दा कपाल झर्न पनि निकै कम हुन्छ।

६) आँखामा लगाउने क्रीमको प्रयोग

अनुहार र आँखाको मेकअप हटाएपछि सुत्नु अघि आँखामा लगाउने क्रीमको प्रयोग गर्न नबिर्सनुहोस्। यस क्रिममा उपस्थित तत्त्वहरूले आँखाको वरपरको छालालाई नरम, हाइड्रेट र रेखाहरुबाट बचाउनुका साथसाथै झुर्रीहरुबाट पनि मुक्त गराउँछ।

प्रकाशित मिति: : 2021-07-20 15:49:00

प्रतिकृया दिनुहोस्