बिएल संवाददाता
काेराेना भाइरसविरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन्।
ईस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले काेराेना नियन्त्रणका लागि बनाइएको कानूनको पालना गर्दै हज गर्न भेला भएका हुन्।
इस्लाम धर्मको पाँच महत्वपूर्ण पर्वमध्ये एक मानिने हज ईद अल–अदह उत्सवको समापनसँगै सकिनेछ।
शारिरीक रूपमा सक्षम हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तिमा एक पटक मक्का पुगी हज गर्नुपर्ने विश्वासमा जीवनमा एक पटक यस पवित्र धार्मिकस्थलको भ्रमण गर्ने प्रयास गर्ने गरेका पाइन्छ।
अल जजीराका अनुसार यसवर्ष हजका लागि मक्का पुगेका करीब १० हजार मुस्लिम धर्मावलम्बीले मास्क लगाएर सामाजिक दूरी कायम गर्दै आइतबार उनीहरूको धार्मिक उत्सव मनाएका हुन्।
कोरोनाभाइरसका कारण लगातार दोस्रो बर्ष पनि विश्वमा मृत्यु हुनेको सङ्ख्या अझै पूर्ण नियन्त्रणमा नआएका कारण यस बर्ष भने मक्कामा ठूलो सङ्ख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला हुनबाट नियन्त्रण गरिएको छ।
गत बर्ष हज मनाउन विश्वभरका करिब २५ लाख मुसलमान मक्का पुगेका थिए। यो बर्ष हजका लागि साउदी अरबका कोभिड–१९ विरूद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति त्यहाँको सरकारले दिएको छ।
यद्यपि काेराेनाको सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै सानो सङ्ख्यामा मात्र उनीहरू त्यहाँ पुगेका छन्।
साउदी अरबबासी मुस्लिम धर्मावलम्बीको ठूलो जमात मक्का जान चाहेको भएपनि सबैले खोप लगाइ नसकेका कारण उनीहरूलाई त्यहाँ प्रवेश दिइने छैन।
साउदी अरबले महामारीका कारण हज गर्न जाने तीर्थयात्रीलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको यो दोस्रो वर्ष हो।

प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया