दोस्रो पुस्ताका नेताले एमाले मिलाउन सक्लान् ?

शिलापत्र

काठमाडाैं

प्रधानमन्त्रीको हैसियतमा अन्तिम सम्बोधनमा एमाले अध्यक्ष केपी ओलीले माधव नेपालप्रति संकेत गर्दै भनेका थिए- आफ्नै सरकार ढाल्ने राजनीतिक अपराध पार्टीभित्रैबाट भएको छ । त्यो १४ असारमा बालुवाटारबाटै ओलीले दिएकाे भाषणकाे निरन्तरता थियो । नेता नेपालकै कारण आफ्नो पद गुम्ने संकेत पाएका ओलीले २८ असारअघि नै सहमति जुटाउने प्रयासमा थिए । 

२७ असार राति सहमति हुनुअघि दोस्रो तहका नेताहरूको सक्रियतामा ओली-नेपालबीच टेलिफोन संवाद पनि भयो । मेरियट होटलमा उनीहरूबीच पौने घण्टा संवाद भयो, दोस्रो पुस्ताका नेताकै पहलमा । त्यही संवाद र पहलपछि २१ असारमा कार्यदल ब्युँतियो । 

एमाले मिलाउने १० सदस्यीय कार्यदलले २७ असारको राति ओलीकै चाहना अनुसार सहमति जुटायो पनि । हस्ताक्षरको मसी सुक्न नपाउँदै नेता नेपालले असन्तुष्टि पोखे, भलै त्यो संवाद टुटाउने तहकै थिएन । त्यसलाई ओलीले पनि मन खुसी बनाएर स्वीकारेको चाहिँ देखिएको थिएन । त्यसको प्रस्ट संकेत २९ असारको सम्बोधनमा प्रकट भएको थियो । 

३० असारमा बालकोटको बार्दलीबाट ओलीले प्रस्टसँग भने- माधव नेपाल गद्दार हुन्, एमालेमा उनका लागि ठाउँ छैन । त्यसैकाे निरन्तरतामा ४ साउनको केन्द्रीय कमिटी बैठकमा पनि ओलीले नेपाललाई गद्दार नेताकै उपमा दिए र एमालेमा ठाउँ नरहेको प्रस्ट्याए । 

प्रकाशित मिति: : 2021-07-19 21:41:00

प्रतिकृया दिनुहोस्