थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।

देशभर १४ हजार १८२ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ९ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै देशभर १ हजार ७७५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा हालसम्म ६ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-16 16:35:00

प्रतिकृया दिनुहोस्