विवादास्पद छविका जनार्दन शर्मा अर्थमन्त्री बन्नुको अर्थ

हिमाल खबर

काठमाडौँ

माओवादी अध्यक्ष पुष्पकमल दाहालले अर्थ मन्त्रालयको बागडोरको जिम्मा पार्टीभित्रका अन्य आकांक्षीलाई पन्छाउँदै जनार्दन शर्मालाई दिए। नेकपाका रूपमा एमालेसँगको सत्ता साझेदारीमा माओवादी नेता शर्मा सरकारमा जान पाएका थिएनन्। तर, उनी निःसन्देह दाहालका विश्वासपात्र रहँदै आएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ असारमा प्रधानमन्त्री पदको शपथग्रहणसँगै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)सँग मन्त्रालयको प्रारम्भिक भागबन्डा गरे। जसमा शक्तिशाली मानिएको गृह मन्त्रालय आफ्नै पार्टीका नेता बालकृष्ण खाँणलाई जिम्मा लगाए। अर्को महत्त्वपूर्ण मन्त्रालय अर्थ भने माओवादीलाई दिए। माओवादी नेताहरूले जसरी पनि गृह मन्त्रालय पाउनुपर्ने माग राखेका थिए।

मंगलबार दिउँसो आफू निकटका नेताहरूसँगको छलफलपछि देउवाले कांग्रेसको आगामी भदौमा हुने महाधिवेशन र निर्वाचनतर्फ ख्याल गर्दै प्रहरी प्रशासन सञ्चालनको मुख्य स्रोत गृह मन्त्रालय कांग्रेसमै राखेर अर्थ मन्त्रालय माओवादीलाई दिन राजी भएको स्रोत बताउँछ।

अर्को स्रोतका अनुसार, विगतमा यो मन्त्रालय माओवादीको जिम्मामा दिँदा गृह प्रशासन डामाडोल भएको र अन्तर्राष्ट्रिय छवि धमिलिएको भन्दै देउवा यस पटक माओवादीलाई गृह दिन हच्किएका हुन्।

प्रकाशित मिति: : 2021-07-15 06:05:00

प्रतिकृया दिनुहोस्