आजै सरकार बनाउने गठबन्धनको निर्णय, काे–काे बन्दै छन् मन्त्री?

पाँचकाे गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा आजै नै संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतले आज बेलुकीभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ।

देउवाले आफू नेतृत्वको मन्त्रिमण्डलमा पाँच जना मन्त्रीलाई नियुक्त गर्ने स्राेतले बताएकाे छ। उनले शुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउने छन्।

सभापति देउवा नेतृत्वको मन्त्रिमण्डलमा कांग्रेसका तीन र माओवादी केन्द्रका दुई जना मन्त्रीले सपथ लिनेछन्। 

कांग्रेसबाट बालकृष्ण खाँड वा गगनकुमार थापासहित दुई जना मन्त्रीले बन्ने छन्।

माओवादी केन्द्रबाट देवेन्द्र पाैडेल र पम्फा भुसाल मन्त्री हुने स्रोतको दाबी छ। माओवादी केन्द्रको भागमा ४ मन्त्री र तीन राज्यमन्त्री परेको छ।

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षबाट ६ जना मन्त्री हुने भएका छन्। महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, मृगेन्द्रसिंह यादव, रामसहाय यादव, इस्तियाक राइ, रेणु यादव तथा प्रदीप यादव मध्येबाट कुनै तीन जना भाेलि मन्त्रि बन्नेछन्।

प्रकाशित मिति: : 2021-07-12 21:21:00

प्रतिकृया दिनुहोस्