१८३१ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख ५५ हजार ४४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनामा कोरोना परीक्षण गरिएकोमा १ हजार ८३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।  

पछिल्लो २४ घन्टामा १ हजार ५३३ जना सङ्क्रमित निको भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख १९ हजार ८९४ पुगेको छ।

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा नौ हजार ३८२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-11 16:43:00

प्रतिकृया दिनुहोस्