भारतः जनसंख्या नियन्त्रण गर्न ‘एक सन्तान नीति’को पक्षमा भाजपा सांसदहरू

भारतमा बढ्दो जनसंख्या नियन्त्रण गर्न कठोर कानून बनाउनुपर्ने माग तीव्र रुपमा उठिरहेको छ।

दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई सरकारी सुविधाबाट बन्चित गर्नुपर्ने मागसहित राज्यसभामा विधेयक पेश भएको छ।

बढ्दो जनसंख्या नियन्त्रणका लागि ‘एक सन्तान नीति’लाई विशेष रुपमा चर्चा गरिएको सांसदहरूले बताएका छन्।

भारतीय जनता पार्टी (भाजपा)का सांसदहरू सुब्रमणियम स्वामी, हरनाथ सिंह यादव र अनिल अग्रवालले दुईभन्दा बढी सन्तान जन्माउनेलाई सरकारी जागिरदेखि राजनीतिकसम्म प्रतिबन्ध लगाउनुपर्ने कानून दावीसहित विधेयक पेश गरेका हुन्।

भारतको माथिल्लो सदन राज्यसभामा पेश गरिएको विधेयकमा ‘एक सन्तान नीति’को प्रोत्साहन गर्न कयौँ सुविधायुक्त प्रावधान राख्न सुझाव दिएका छन्।

जनसंख्या नियन्त्रण कानून राज्यसभामा सभापतिमार्फत् अनुमति मिले संसदको यसैसत्रमा छलफल थालिने छ।

प्रकाशित मिति: : 2021-07-11 09:46:00

प्रतिकृया दिनुहोस्