थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा १० हजार ४१७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४३२ जना सङ्क्रमित निको भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ३६२ पुगेको छ। 

प्रकाशित मिति: : 2021-07-10 17:02:00

प्रतिकृया दिनुहोस्