पवित्र इतिहासमा !

राजकुमार शर्मा

नाम्टू, म्यानमार

किन बन्न खोज्दैछाैँ हामी 
देशद्राेहीकाे गुलाम ?

कहिल्यै कलम नसमातेर
फलाम समातेका हाम्राे पुर्खाले इतिहास रचे,
सभ्यता र अस्थित्वलाई श्रृगाँरे,

गाेर्खा त्यही हाे
जसले विश्वभर सत्यकाे पक्षमा वकालत गर्‍याे,
जसले देशका खातिर शिर कहिल्यै निहुराएन,
जसले प्रतिष्ठाकाे संरक्षण गरिरह्याे, 

तर,
हामी किन याे मान्यतालाई वास्ता गर्दैनाै  ?
किन बन्न खोज्दैछाैँ हामी 
देशद्राेहीकाे गुलाम ?

हामी किन जन्मभूमिप्रति सस्ताे बनेका छाैं ?
किन सत्य र न्यायलाई जाेगाउन सकिरहेका छैनाैं ?
किन दाग लगाइरहेका छाैं,
पवित्र इतिहासमा ? 

अब त्यही गाेर्खाकाे नयाँ सन्तान 
न्याय र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ,
अब जन्मभूमिलाई निस्वार्थ प्रेम गर्नुपर्छ ?

पुर्खाकाे पसिनालाई अब हामीले नै 
मुल्य दिनुपर्छ। 



नेपाली मूलका बर्मेलीको कथा र दार्जीलिङका १६ गोर्खा तन्नेरीको मृत्यु

प्रकाशित मिति: : 2021-07-10 12:21:00

प्रतिकृया दिनुहोस्