१८७५ जना कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार८७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ५१ हजार ३८० पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा १ हजार २८६ सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा २९ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ४४७ रहेको छ।

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या ६ लाख १५ हजार ६१३ पुगेको छ। त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ३२० भएको छ। 

प्रकाशित मिति: : 2021-07-08 17:00:00

प्रतिकृया दिनुहोस्