थप २९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जना र ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जना गरी २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अबधिमा देशभर २८ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म ९ हजार हजार २९१ जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै सोही अबधिमा देशभर १ हजार ३३३ जना उपचारपछि निको भइ घर फर्किएका छन्। हालसम्म ६ लाख १४ हजार ३२७ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-07 16:41:00

प्रतिकृया दिनुहोस्