आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य 

File photo
File photo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँले बढाएको छ। दुई साता नबित्दै निगमले आज पुनः पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो। 

पेट्रोलको मूल्य बढेर प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको निगमले जनाएको छ। 

त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि दुई रुपैयाँले बढेर प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ। यसैगरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढेर प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ कायम भएको छ। 

प्रकाशित मिति: : 2021-07-06 21:20:00

प्रतिकृया दिनुहोस्