जापानमा पहिरोमा परी मारिएकाप्रति राष्ट्रसंघीय महासचिवद्वारा दुःख व्यक्त

बिएल संवाददाता

संयुक्त राष्ट्रसंघ
File photo
File photo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जापानमा हालै आएको बाढी र पहिरोमा परी नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ताले सोमबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका छन्। उनले महासचिव गुटर्रेसले सो घटनाले आफूलाई दुःखी बनाएको बताएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकद्वारा जारी सो विज्ञप्तिमा महासचिव गुटर्रेसले उक्त पहिरोमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् र घाइतेहरुहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन्। 

यस्तो अप्ठेरो परिस्थितिमा महासचिव गुटरेसले आफू र संयुक्त राष्ट्रसंघ जापान सरकार र जापानी नागरिकको पक्षमा रहेको पनि बताएका छन्। 

जापानको आतमी प्रिफेक्चरमा हालैको अविरल वर्षा र त्यसपछिको पहिरोमा परी दुई जनाको निधन भएको थियो भने अरु २० जना अहिले पनि हराइरहेका छन्। तीन दिनअघिको सो पहिरोमा परी हराएका व्यक्ति अब भने भेटिने आश नरेको जापानको उद्धारकर्ताहरुले जनाएका छन्। रासस 

प्रकाशित मिति: : 2021-07-06 18:50:00

प्रतिकृया दिनुहोस्