अमेरिकी संसदमा आक्रमण भएकाे ६ महिना पुग्दा पनि अझै पत्ता लागेन वास्तविक दाेषी

बिएल संवाददाता

वासिङ्टन डीसी

गत जनवरी ६ तारिखमा अमेरिकाको संसद (क्यापिटल हिल) मा भएको आक्रमण आज मङ्गलबार ठिक ६ महिना पुगेकाे छ। तर, अझैसम्म पनि आक्रमणकारीको खोजी पुरा हुन सकेकाे छैन।

उक्त आक्रमणपछि प्रहरीले हालसम्म करिब पाँच सय व्यक्तिलाई नियन्त्रणमा लिइसकेकाे छ। तर, इन्टरनेटमा पोस्ट भएका फोटो र भिडियोमा देखिएका सबै ब्यक्तिहरु हालसम्म पक्राउ पर्न सकेका छैनन्।

इन्टरनेटमा हुलदङ्गा गरेकाे फोटो तथा भिडियो पाेस्ट गर्ने र शेयर गर्नेहरू दक्षिणि अमेरिकी राष्ट्रहरुबाट आएको अनुमान गरिएको छ। अर्थात् त्यी भाडाका 'टट्टुहरु' भएको अनुमान गरिएको हो।

एफबिआइ लगायत अमेरिकाका सबै साना-ठूला सुरक्षा एजेन्सीहरुले इन्टरनेटमा पोस्ट भएका करिब नौ लाख तस्बिर र भिडियोहरुको जाँच गरिरहेका छन्। ती दाेषीहरूलाई जसरी पनि कानूनको परिधिमा ल्याउने न्याय विभागले जनाएको छ।

केही राजनैतिक विश्लेषकहरुले भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको स्वीकार गर्न नसकेर व्यक्तिगत खर्चमा बोलाएर त्याे आक्रमण गर्न लगाएकाे बताएका छन्।

प्रकाशित मिति: : 2021-07-06 17:24:00

प्रतिकृया दिनुहोस्