२४ घण्टामा २६३४ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु 

पछिल्लो समय नेपालमा आज थप २ हजार ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको पीसीआर परीक्षणमा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म ६ लाख १२ हजार ९९४ कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६५ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

त्यसैगरी पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार २६३ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-06 17:03:00

प्रतिकृया दिनुहोस्