युरोकप फुटबल २०२०: सेमिफाइनलकाे पहिलाे खेलमा इटाली र स्पेन भिड्दै

युरोकप फुटबलअन्तर्गत आज (मंगलबार) मध्यरातबाट सेमिफाइनलकाे पहिलो खेल सुरु हुँदैछ।

खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्दैछन्।

इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।

इटाली फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा स्पेनले १२ खेल जितेको छ भने इटालीले ९ खेल जितेको छ। त्यस्तै १२ खेल बराबरीमा सकिएकाे थियाे।

युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो।
 

प्रकाशित मिति: : 2021-07-06 12:59:00

प्रतिकृया दिनुहोस्