जापानमा भारी वर्षापछि आएको पहिरोमा ८० जना अझै बेपत्ता, खोजी जारी

Photo-thestatesman.com
Photo-thestatesman.com

जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन्। 

गत शनिबार बिहान आएको पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि भेटिएका छैनन्। 

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक वर्षापछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।  

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे। 

घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ। प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन्। 

सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन्  

प्रकाशित मिति: : 2021-07-05 22:13:00

प्रतिकृया दिनुहोस्