थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जना र ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।

सोही अबधिमा देशभर २३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म ९ हजार हजार २४८ जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै सोही अबधिमा देशभर २ हजार २११ जना उपचारपछि निको भइ घर फर्किएका छन्। हालसम्म ६ लाख ११ हजार ४२९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-05 17:06:00

प्रतिकृया दिनुहोस्