चीनको क्विझौमा चियाको निर्यात वृद्धि

चीनको दक्षिणमा रहेको क्विचो प्रान्तमा यो बर्षको पहिलो पाँच महिनामा चिया निर्यात १५.२ प्रतिशतले बढेको क्षेत्रीय भन्सार कार्यालयले जनाएको छ। 

प्रान्तीय राजधानी क्विहाङस्थित भन्सार कार्यालयका अनुसार यस बर्षको जनवरीदेखि मेसम्ममा क्विचोबाट दुई करोड ९० लाख ३६ हजार अमेरिकी डलर बराबरको चिया निर्यात भएको छ। 

क्विझौ कम अक्षांश, उच्च भूभागमा हुने धुपीको जङ्गल रहने र चीसो र कुहिरो लागिरहने चीनको एक गरिब तथा पहाडी प्रान्त हो। यस प्रान्तका विभिन्न ४३ प्रान्तमा व्यवसायीक चिया खेती स्थानीय कृषक तथा उद्योगीका लागी वरदान् सावित हुन थालेको छ। रासस 

प्रकाशित मिति: : 2021-07-04 22:14:00

प्रतिकृया दिनुहोस्