बङ्गलादेशमा २४ घण्टामा छ हजारभन्दा बढी कोरोना सङ्क्रमित, १३४ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

बङ्गलादेमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ। 

योसँग बङ्गलादेशमा आइतबारसम्ममा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमित १३४ जनाको मृत्यु भएको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पुष्टि गरेको छ।

सरकारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का २२ हजार २८७ नमूना परीक्षण भएका थिए।

श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ लाख २९ हजार १९९ पुगेको छ भने आइतबार तीन हजार ७७७ व्यक्ति कोभिड सङ्क्रमणमुक्त भएका महानिर्देशनालयले जनाएको छ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित १.५९ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८८.५७ प्रतिशत विरामी पूर्ण रूपमा निको भई घर फर्किएका छन्। 

बङ्गलादेशमा यसै बर्षको जुन ३० मा एकै दिनमा सबैभन्दा बढी आठ हजार ८२२ सङ्क्रमित भएका थिए भने जुलाई १ मा सबैभनदा बढी १४३ सङ्क्रमितको मृत्यु भएको थियो। रासस 
 

प्रकाशित मिति: : 2021-07-04 21:36:00

प्रतिकृया दिनुहोस्